Phone No : 010-561030, 561920 Email : cdc.nepal2014@gmail.com

3 days Organic farming Training Accomplished

3 days Organic farming Training Accomplished

उत्तरगया र नौकुण्ड गाँउपालिका रसुवामा  संञ्चालित CDC Consortium परियोजनाले उत्तरगया गाँउपालिकाको वडा नं १ वाहेक सवै १० वटा वडाहरुमा ३ दिने Organic  तरकारी खेती तालिम सम्पन्न गरिएको छ । एकल महिला, जेष्ठ नागरीक, आपा¨ता, आन्तरिक विस्तापित र अति विपन्न समुदायका व्याक्तीहरुका लागि जिविकोपार्जनमा टेवा पु«–याउने उदेश्यले आधुनीक वजारको माग र पर्यावरण सन्तुलन र उपभोक्ताहरुको स्वास्थ्यका लागि समेत सकारात्मक प्रभाव वनाउदै लक्षित वर्गको जिवन स्तरमा सुधार ल्याउनका लागि यस कार्यक्रम संञ्चालन गरिएको आयोजक संस्था मध्ये सामुदायीक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन) का जिविकोपार्जन संयोजक श्री श्याम पौडेलले वताए । सहभागीहरुलाई विभिन्न ८ प्रकारका तरकारी विउ वितरण गरि सम्पन्न गरिएको उक्त कार्यक्रममा सहभागीहरु मध्येका उत्तरगया वडा नं २ का सहभागी मध्येका एकल महिलाको प्रतिनिधित्व गर्ने लक्ष्मी गुरु¨ले तालिमले आफुहरुले Organic तरकारी खेती सम्वन्धि निकै राम्रो ज्ञान पाएको वताउनु भयो । तालिममा जैविक झोलमल वनाउने, कम्पोष्ट मल वनाउने, विभिन्न जातका तरकारीहरु लगाउदा माटो तयार तथा गोडमेल, सम्भावित रोगकिरा नियन्त्रण जस्ता कुराहरुको राम्रो ज्ञान पाएको र सो कुरा व्यवहारमा लागु गरि परिवारलाई Organic तरकारी खुवाउने र वजारमा समेत विक्री गर्ने योजना रहेको वताइन । उत्तरगाया ४ का वडा अध्यक्ष श्री केसर वहादुर वुलुनले यस तालिमवाट छनौट भएका सहभागीहरु संकटासन्न वर्ग भएकाले र स्थानिय सरकारको समेत ति समुदायको जिविकोपार्जनमा टेवा पु–याउन कार्यक्रममा आशा परियोजनाले समेत सहयोग गरिरहेकाले धन्यवाद दिदै स्थानिय सरकाले परियोजनासँग मिलेर काम गर्ने वताए । यस तालिमवाट दुवै गाँउपालिकाका हाल सम्म १९९ सहभागी लाभान्वीत भएका छन् । कार्यक्रममा प्राविधिक सहजिकरण गाँउपालिकाका कृषी शाखाका प्राविधिकहरुले गरेका थिए । परियोजनाले एक वडा एक नमुना वहुउदेश्यीय नर्सरी स्थापना गर्नका लागि सहभागीहरुमध्येवाट प्रत्येक वडामा एक जना सहभागीलाई थप सहयोग गर्ने योजना रहेको जिविकोपार्जन संयोजक पौडेलले वताए ।

 

Resources

Helping People Overcome Earthquake Impact (HOPE)

Read Full

Civil Society : Mutual Accountability Project (CS:MAP)

Read Full

Local Authorities Capacities strengthening

Read Full